PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तस्बिरमा यस्तो देखियो तीज



तस्बिरमा यस्तो देखियो तीज

काठमाडौँ : हिन्दु नारीहरुको महत्वपुर्ण चाड तीज देशैभरी हर्षोल्लासका साथ मनाइँदै छ। रातो सारीमा सजिएका महिलाले नाचगानका साथ रमाइलो गर्दै भगवान शिवको आराधना गरिरहेका छन्। पशुपतिनाथ मन्दिर परिसरमा पहिलोपोस्टका अं‌गद ढकालले त्यही उल्लासलाई क्यामेरामा कैद गरेका छन्।



तीज भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म चार दिनसम्म मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ। पौराणिक कथन अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर व्रत राखेकी थिइन्। त्यही हरितालिका तीजको दिनलाई हिन्दु नारीहरूले व्रत बसेर मनाउँदै आएका छन्।

यो चाडमा माइतिले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने तथा मनका भावना एवं सुखदु:ख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। यो चाडमा महिलाले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरु बिहान चाँडै उठि नुहाइ धुवाइ गरेर दिनभरी जल अन्न ग्रहण नगरी व्रत बस्ने गर्दछन्।































































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell