PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कमलपोखरीमा कारको ठक्करले मोटरसाइकल चालक सिकिस्त, घाइतेको पहिचान खुलेन



कमलपोखरीमा कारको ठक्करले मोटरसाइकल चालक सिकिस्त, घाइतेको पहिचान खुलेन

काठमाडौँ : बुधबार साँझ सवा ५ बजे कमलपोखरी छातेगणेशस्थित सडकखण्डमा बालमन्दिरबाट छातेगणेशतर्फ जाँदै गरेको बा ४ च ६७७ नम्बरको निजी कारको ठक्करबाट एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन। 

विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प ८२९२ नम्बरको मोटरसाइकलसँग कार ठोकिँदा मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते चालकको नाम,वतन केही नखुलेको महानगरी ट्राफिकले जनाएको छ।

घाइते चालकलाइ उपचारको लागि सुरुमा हिमाल अस्पताल कमलपोखरी पठाइएकोमा थप उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ। दुर्घटनामा संलग्न कार चालक प्रहरीको नियन्त्रणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell