PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेवारी फिल्म 'आ छु या' बन्ने, नेपाली भाषामा हुनेछ डब



पहिलोपोस्ट

नेवारी फिल्म 'आ छु या' बन्ने, नेपाली भाषामा हुनेछ डब

काठमाडौं: नेपाल भाषाको सर्वाधिक फिल्म 'आ छु या' बन्ने भएको छ। फिल्म नेपाली भाषामा पनि डब हुने बताइएको छ। फिल्मको नेपाली नाम 'मनलाई सोधी हेर' रहनेछ। फिल्मको मङ्गलबार औपचारिक घोषणा गरिएको हो।

फिल्मलाई संचारकर्मी समीर बलामीले नेवारीमा निर्देशन गर्दैछन्। नेवारी फिल्मको इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण हुन् लागेको फिल्म युनिटको दाबी छ। युनिटले दिएको जानकारी अनुसार ५० लाख रुपैयाँमा फिल्म बन्ने भएको छ। ‘अहिले नेवारी सिनेमा सामान्यतया ८ देखि १० लाखको बजेटमा फाट्टफुट्ट निर्माण भैरहेका छन्। ३० वर्षे लामो इतिहास बोकेको नेवारी फिल्मले यो पटक भने दर्शकमा केही परिवर्तन महसुस गराउने छ।' संघसंस्थाको सहयोगमा फिल्म बन्न लागेको निर्देशक बलामीले भने।

नेपाली र नेवारी भाषामा निर्माण हुने फिल्मलाई जिमिगु स: फिल्मसको ब्यानरमा प्रकाशलाल जोशीले निर्माण गर्नेछन्। कलाकारको लागि भने अडिसन आव्हान गरिएको छ। दशैँ लगत्तै गरिने अडिसनबाट सिनेमाको कलाकार तय हुनेछन्। फिल्मको छायांकन पोखरा मनाङ, मुस्ताङ र काठमाडौँमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell