PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पोखरामा असोज २३ गतेदेखि सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने



नरहरि पौड्याल

पोखरामा असोज २३ गतेदेखि सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने

पोखरा :  पोखरामा असोज २३ गतेदेखि सर्वाधिक राशीको पाँचौं सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ। 

त्रिशक्ति समाज सेवा क्लब पोखराले बुधवार पत्रकार सम्मेलन गरी असोज २३ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ।

त्यस्तै अनुशासित टिम, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने खेलकुद संयोजक मिलन गुरुङले जानकारी दिए। 

अध्यक्ष जीसीले बिजेतालाई प्रदान गरिने २ लाख राशीको सेभेन ए साइड फुटबल प्रतियोगिताकै सबैभन्दा धेरै राशी भएको दाबी गरेका छन्। 

उनका अनुसार पोखरामा मात्र नभएर प्रदेश नम्वर ४ मा नै सवैभन्दा धेरै राशीको पुरस्कार हो।

प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ। प्रतियोगिता सम्पन्न गर्न ६ लाख ६५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने ९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको अध्यक्ष बासु जिसीले बताए। 

प्रतियोगिताबाट बचत भएको रकमले क्लबको भवन मर्मतमा खर्च गरिने जिसीले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell