PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैंमा सुरक्षा : ५ मिनेटभित्रै प्रहरी



सविन ढकाल

दशैंमा सुरक्षा : ५ मिनेटभित्रै प्रहरी

काठमाडौं : दशैंमा कुनै पनि अपराधिक गतिविधि भए वा शंका लाग्यो भने तत्काल प्रहरीलाई खबर गरे त्यसको पाँच मिनेटभित्रै रेस्पोन्स हुने प्रहरीले दावी गरेको छ। ५ मिनेटभित्र घटनास्थल पुग्ने रणनीति प्रहरीले बनाएको छ। 

बुधवार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बडा दशैं, तिहार तथा छठ पर्वको विशेष सुरक्षा योजना सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले यस्तो दावी गरेका हुन्। एआइजी चन्दले भने, 'तपाईँको टोलमा कुनै शंकास्पद गतिविधि भएको थाहा पाउनुभयो भने तत्काल खबर गर्नुहोस्। प्रहरी पाँच मिनेटभित्र घटनास्थल पुग्छ। एआइजी चन्दले कुनै आपत्ती परे निर्धक भएर प्रहरीको १०० नम्बरमा कल गर्न आग्रह गरे।

चाडपर्वमा हुने अपराधलाई नियन्त्रण गर्न प्रहरीले बुधवारबाट लागू हुनेगरी महानगरीय प्रहरी कार्यालयले योजना सार्वजनिक गरेको हो। 
चाडपर्वलाई लक्षित गर्दै उपत्याका भित्रका तीन जिल्लमा ५ हजार ४ सय ३७ वर्दी र सादा पोसकमा प्रहरी खटाइने चन्दले बताए। 

दशैंमा सुरक्षाका लागि प्रहरीको १ सय ९ स्थानमा सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), १ सय ९ क्विक रेस्पोन्स टिम (क्युआरटी) र ४५ साइकलमा प्रहरी परिचालन, पिकेट डियुटी गर्नेछ। मोटरसाइकल, मोटर र साइकल गस्ती गरिनेछ। विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको उनले बताए। उपत्यका भित्रिने नाकामा पनि कडा चेकिङको व्यवस्था मिलाइएको छ। 

चाडपर्वमा यात्रुलाई बढी भाडा लिएर ठगी गर्ने चालकको निरगरानी गरिरहेको, उपत्यका भित्रका व्यपारिक केन्द्र, बैकिङ तथा वित्तीय संस्था, महत्वपूर्ण प्रतिष्ठान, सपिङ मल लगायतका स्थानमा पनि विशेष सुरक्षा व्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। 
दशैंको समयमा चिठ्ठा कार्यक्रम, चन्दा आतंक, गुन्डागर्दी लगायका गतिविधि गर्नेलाई पनि निगरानी गरेको चन्दले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell