PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राति साढे नौ बजेसम्म संसद बैठक, फेल भएपनि सुविधा पाउन पर्ने अस्थायी शिक्षकको माग सम्बोधन गरी विधेयक पारित



राति साढे नौ बजेसम्म संसद बैठक, फेल भएपनि सुविधा पाउन पर्ने अस्थायी शिक्षकको माग सम्बोधन गरी विधेयक पारित

काठमाडौँ : मंगलबार राति साढे नौ बजेसम्म बैठक बसेर संसदले शिक्षा नवौँ संशोधन विधेयक २०७४ पारित गरेको छ।

फेल भएपनि सुविधा पाउन पर्ने तथा प्रतिस्पर्धाको दायरा परिवर्तन गर्नुपर्ने लगायतका अस्थायी शिक्षकका माग सम्बोधन गर्न सरकारले यो विधेयक ल्याएको हो। 

विधेयकमा विपक्षी दलहरुमात्र हैन सत्तारुढ दलकै सांसदहरुले समेत संशोधन राखेका थिए। तर ती संशोधनहरुलाई बहुमतले अस्वीकृत गर्दै राति साढे नौ बजे विधेयक पारित गरिएको थियो। 

दिउँसो ३ बजे बस्ने भनी तय भएको बैठक पछि दोस्रो बैठकमा यो विधेयकको प्रक्रिया अघि बढाइएको थियो। यसअघि संसद सचिवालयको कार्यसूचीमा यो विधेयक उल्लेख गरिएको थिएन। 

प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र विपक्षी एमालेका प्रमुख सचेतकहरुबीच संशोधन पारित गर्ने सहमति भएको थियो। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell