PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लाइभ टिभी, फिल्म र भिडियो हेर्न सकिने र एफएम सुन्न सकिने टेलिकमको नयाँ एप



लाइभ टिभी, फिल्म र भिडियो हेर्न सकिने र एफएम सुन्न सकिने टेलिकमको नयाँ एप

काठमाडौं :  नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, फिल्म र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। टेलिकमले विन नेपालको सहकार्यमा एप ‘वाउटाइम’ संचालनमा ल्याएको छ।

एपबाट लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ। टेलिकमका अनुसार विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ। नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एपमार्फत सुन्न सकिने टेलिकमले जनायो। 
 
यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ। हाललाई दशैं तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप सब्क्रिब्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको टेलिकमले जनायो। टेलिकमका अनुसार एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन्। यो मोबाइल एपमार्फत् उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिने टेलिकमले जनाएको छ।
 
मोबाइल एप मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने टेलिकमले जनायो।

सम्बन्धित लिङ्क

एन्ड्रोइड एपका लागि
एप्पल प्ले स्टोरका लागि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell