PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुपन्देहीको देबदहमा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते 



पहिलोपोस्ट

रुपन्देहीको देबदहमा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते 

बुटवलः  रुपन्देहीको देवदहभुलुहिमा  आज विहान बसको ठक्करवाट दुई जनाको मृत्यु भएको छ  भने एक जना गम्भीर घाईते भएका छन्।

ना५ ख३१५९ नम्बरको बसलाई ना ७ ख६५८ नम्बरको बसले पछाडिबाट ठक्कर दिंदा  दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुर्खेत पञ्चपुरी नगरपालिकाका ३० वर्षीय  हिमबहादुर सुनार र सल्यान खलगानगरपालिकाका २१ वर्षीय सुजन परियार छन्।  

दाङको देउखुरी नगरपालिकाकी सुमित्रा सुनार गम्भीर घाइते भएकी छन्। उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको  छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell