PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भरतपुरमा रेणुको ब्याटिङ



पहिलोपोस्ट

भरतपुरमा रेणुको ब्याटिङ

चितवन : सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु भएको छ। भरतपुर महानगरपालिका मेयर रेणु दाहालको व्याटिङ र समाजसेवी ममता न्यौपानेले बलिङसँगै प्रतियोगिताको उद्घाटन गरिएको थियो।

भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चितवानका नेपाली कांग्रेस नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुल विकास समिति उपाध्यक्ष परमेश्वर खनालको पनि अतिथि रहेका थिए।

समारोहमा बोल्दै दाहालले खेलकुद स्वास्थ्य र मान्छेलार्इ महत्वपुर्ण हुने बताउँदै आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

युवा पुस्तामा लोकप्रिय बनेको क्रिकेटले देशलाई अन्तराष्ट्रिय माझमा चिनाएकोमा खुसी व्यक्त गरे। यसैगरी न्यौपानेले सिएमसी हस्पिटलले सामाज सेवा साथै खेलकुदलाई प्रोत्साहन गर्न कार्यक्रमलाई प्रायोजन गरेको बताए। नेपाली कांग्रेस नेता श्रेष्ठले खेलकुदले सबैलाई जोडने हुँदा यसमा राजनीति हुनु नहुने बताउँदै यस प्रतियोगिता सफल बनाउन अनुरोध गरेका छन्।

आइतबार भरतपुर महानगरपालिकाका ९ नम्बर वडा र १० नम्बर वडाबीच उद्घाटन खेल भएको थियो। यस खेलमा १० नम्बर वडा बिजयी भए थियो।

प्रतियोगितामा अहिलेसम्म १८ वटा वडाले सहभागिता जनाएको र अन्य समूह थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell