PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोटरसाइकलको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट तारकेश्वरमा पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ नजिक बा.५५ प ६६५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ४४ वर्षीया खिममाया पुनलाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएकी पुनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell