PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मनाइयो विश्व मुटु दिवस 



पहिलोपोस्ट

मनाइयो विश्व मुटु दिवस 

काठमाडौं :  नेपाल हर्ट नेटवर्कले यस वर्षको विश्व मुटु आज मनाएको छ। असोज १३ गते परेको विश्व मुटु दिवस नवमीमा पर्ने भएकाले नेटवर्कले २ साता अघि नै मुटु दिवस मनाएको हो। 

‘स्वस्थ जीवनशैलीका अनुभव बाडौँ’ भन्ने नाराका साथ यस वर्ष विश्व मुटु दिवस मनाइएको हो। प्रत्येक वर्ष विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसले मुटु रोगका कारण ज्यान गुमाइरहेका छन्। 

नेपालको सहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटु रोगबाट ग्रसित छन्। हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाइन्छ। 

मुटु रोगबारे बृहत्त जनचेतनाको अभिवृद्धि गराउनु र रोकथामका उपायहरू जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य हो।

कार्यक्रममा मुटुरोग विशेषज्ञ प्रा.डा. डम्बरबहादुर कार्की, प्रा.डा. अवणीभूषण उपाध्याय, प्रा. डा. यादवदेव भट्ट, डा. ज्योतीन्द्र शर्मा र डा. जे.पी. जैसवालले मुटु रोगका बारेमा बताएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell