PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोटरसाइकलको ठक्करबाट दाङको तुलसीपुरमा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकलको ठक्करबाट दाङको तुलसीपुरमा एकको मृत्यु

दाङ :  मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एक जनाको मृत्यु भएको छ। 

रा २ प ४३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell