PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका २० फोटो

शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका २० फोटो


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित भएको बताएकी छिन्।  

शताब्दी पुरुष जोशीलाई सम्मान गर्न आज यहाँ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सरकारले सम्मान गरेकामा सराहना गरिन्।

“यस्तै व्यक्तित्वको योगदानले मुलुक अनुपम सांस्कृतिक सम्पदाबीच सबै जातजातिको सुन्दर फूलबारीका रुपमा विश्वसामु चिनिएको छ, जोशी थकाइ नमारी देशलाई सगरमाथा जस्तै उच्च बनाउन लागिपर्नुभएको छ, यस्ता व्यक्तित्व मुलुकको साझा धरोहरका रुपमा अमर रहनुहुनेछ”, राष्ट्रपतिले भनिन्। 

सम्मानित व्यक्तित्व जोशीले आफूले पाएको उपाधि नेपाली भाषा र संस्कृतिकर्मी सबैको सम्मान भएको बताउँदै सांस्कृतिक सम्पदा राष्ट्रको पहिचान भएको स्पष्ट गरे। 

पूर्वमन्त्री तीर्थराम डंगोलले जोशीलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न माग गरे। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साहित्य र संस्कृतिमार्फत जोशीले देश एवम् जनताका लागि काम गरेको बताउँदै जोशीका नाममा स्थापना हुने अक्षयकोषका लागि महानगरपालिकाका तर्फबाट रु पाँच लाख दिने घोषणा गरे।

समारोह समितिका अध्यक्ष तथा पूर्वसांसद लक्ष्मीदास मानन्धरले कोषका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लि, सनराइज बैंक र प्राइम बैंकका तर्फबाट पनि सहयोग प्राप्त हुने प्रतिबद्धता भएको जानकारी दिए। 

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, मल्ल के सुन्दर लगायतले जोशीले नेपालको सांस्कृतिक, पुरातात्विक र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे। सो अवसरमा जोशीलाई वैदिक र बौद्ध धर्म गुरुले स्वस्ति वाचन गरी स्वस्थ र दीर्घजीवनका लागि शुभाशीर्वाद प्रदान गरे।

यसअघि जोशीलाई वसन्तपुरदेखि बाजागाजा र पदयात्रासहित रथमा राखेर कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा ल्याइएको थियो। रासस


ट्रेन्डिङ पोस्ट

Ncell