PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश २ मा आजदेखि मतदाता परिचयपत्र वितरण, मतदान केन्द्रबाट लिन सकिने



पहिलोपोस्ट

प्रदेश २ मा आजदेखि मतदाता परिचयपत्र वितरण, मतदान केन्द्रबाट लिन सकिने

काठमाडौं : तेस्रो चरणमा हुने प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आजदेखि तीन दिनसम्म परिचयपत्र वितरण गर्न लागेको हो। 

मतदाताले आफ्नो नामावली रहेको मतदान केन्द्रमार्फत परिचयपत्र बुझ्न सक्नेछन्। परिचयपत्र प्राप्त गर्नका लागि व्यक्ति स्वयंम वा घरको एक सदस्य उपस्थित हुनु पर्नेछ। मतदाताको वारेसमा अन्य व्यक्तिले पनि परिचयपत्र बुझ्न सक्नेछन्। 

असोज २ गते आठ जिल्लामा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रदेश २ मा २६ लाख ६४ हजार ७९२ मतदाता छन्। 

परिचयपत्र वितरणसँगै मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई मतदान प्रक्रिया र मत संकेत गर्ने प्रक्रिया पनि जानकारी दिनेछन्। मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन भन्दै आयोगले परिचयपत्र वितरण स्थानमा नमुना मतदान पनि गराइरहेको छ।

यसअघिका दुई चरणका निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश भएका तर, प्राविधिक कारणले परिचयपत्र लिन नसक्नेहरुलाई नागरिकता हेरेर मत हाल्न पाउने व्यवस्था गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell