PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

थ्री स्टार क्लब : मागेको थियो ६ करोड, पाउने भयो डेढ करोड रुपैयाँ क्षतिपूर्ति



थ्री स्टार क्लब : मागेको थियो ६ करोड, पाउने भयो डेढ करोड रुपैयाँ क्षतिपूर्ति
फाइल फोटो

काठमाडौँ : थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने निश्चित भएको छ। 

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको आजको कार्यकारी समितिको बैठकले क्षतिपूर्ति दिने निर्णय गरेको हो। यसका लागि संघको विशेष सभाको स्वीकृति लिने पनि निर्णय आजको बैठकले गरेको छ। 

एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरी थ्री स्टार दोस्रो चरणको लागि छनोट भएको थियो। अर्थात एएफसी कप प्लेअफ क्वालिफायर्समा आफ्नो समूहको विजेता बन्दै एएफसी कप प्लेअफको लागि छनोट भयो। तर एन्फाको गल्तीका कारण क्लबको नाम प्रतियोगितामा दर्ता नै नभएपछि क्लबले क्षतिपूर्ति माग गरेको थियो। 

क्लबले आफ्नो गभर्निङ बडीसँग क्षतिपूर्ति माग गरेको नेपालको इतिहासमै पहिलो घटना थियो।   

यस प्रकारको प्रतियोगितामा भाग लिँदै अघिल्लो चरण प्रवेश गर्ने थ्री स्टार पहिलो क्लब बनेको थियो। सन् २००५ मा काठमाडौंबाटै सुरु भएको प्रेसिडेन्ट कप खेल्नेमा पनि थ्री स्टार नै पहिलो क्लब बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell