PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दोस्रो टी-२० मा विश्व-११ विजयी



पहिलोपोस्ट

दोस्रो टी-२० मा विश्व-११ विजयी

इन्डिपेन्डेन्स कपको दोस्रो टी-२० खेलमा विश्व-११ ले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। जितपछि विश्व-११ ले ३ खेलको सिरिजमा १-१ को बराबरीसमेत गरेको छ।

१७५ रनको लक्ष्य विश्व ११ ले एक बल बाँकी छदा ३ विकेट गुमाएंर पूरा गरेको हो।

१९औँ र २०औँ ओभरमा थिसारा परेराले शानदार प्रद्रशन गरेपछि विश्व-११ ले अन्तिम १२ बलमा ३१ रन बनाएको थियो। अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेका बेला परेराले २०औँ ओभरको पाँचौ बलमा छक्का प्रहार गर्दै जिताए।

विश्व-११ का लागि हसिम अमलाले नटआउट रहदैँ सर्वाधिक ७२ रनको योगदान गरे। यस्तै १९ बलमा ५ छक्का प्रहार गरेका परेरा ४७ रनमा नटआउट रहे।

त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियमा टस जितेर पहिले ब्याटिङ गरेको घरेल् टोली पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। पाकिस्तानको लागि बाबर अजामले ४५, कप्तान अहमेद शेहजादले ४३ तथा सोएव मल्लिकले ३९ रन बनाए।

पाकिस्तान र विश्व-११ बीच तेस्रो तथा निर्णायक खेल शुक्रबार लाहोरमै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell