PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आफ्नो रिदममा खेल खेल्नु पर्छ, सिंगापुरलाई हराउन कठिन छैन : प्रशिक्षक विनोद दास



पहिलोपोस्ट

आफ्नो रिदममा खेल खेल्नु पर्छ, सिंगापुरलाई हराउन कठिन छैन : प्रशिक्षक विनोद दास

काठमाडौं : नेपाल समूह चरणमा लगातार दुई खेल्दै जित्दै मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगिसकेको छ।

पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले हराएको नेपालले बुधबार दोस्रो खेलमा भुटानमाथि ९ विकेटको सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।

नेपालले अब समूह ए को अन्तिम खेलमा भोली सिंगापुरसँग खेल्दैछ। भुटानले दिएकव ५१ रनको सामान्य लक्ष्य ८.३ ओभरमै पूरा गरेपछि नेपालका प्रशिक्षक विनोद दासले बलिङ राम्रो भएको र आफ्नो रिदमा खेल्नुपर्ने प्रतिक्रिया दिए। 'आज बलिङ राम्रो भयो। यो विकेठमा ८ ओभर, १० ओभरमा अलआउट गर्न कठिन थियो। हामी कोसँग खेल्दै छौँ भन्ने भन्दा पनि हामी आफ्नो रिदनमा खेल खेल्नु पर्छ। हामी अहिले पनि धेरै अनावश्यक रन दिएको छौं। त्यसलाई सुधार गर्न सकिन्छ।'

उनले सिंगापुरसँगको खेललाई ठूलो चुनौती मानेका पनि छैनन्। नेपालले यसअघी सिंगापुरलाई यू-१९ विश्वकप छनोटमा उसैको मैदानमा दुई पटक पराजित गरिसकेको छ। तर सिंगापुरसँग खेल्ने क्लब ओमानमा पानि परिरहेका कारण केही चुनौती भएको दासले बताएका छन्।

'सिगापुरसँग क्लब ओमानमा खेल्न कठिन होइन। पानी परिरहेको छ त्यसले चुनौती छ। उनीहरुले हामीलाई जित्न सक्छन जस्तो लाग्दैन हामीले आफ्नो खेल देखाउने हो। क्षमता देखाउने हो। त्यसमा विश्वास छौं। भोली सतप्रतिसत हाम्रो सम्भावना छ।'

'सिगापुर राम्रो टिम हो। हामीले आफनो स्तर अनुसार खेले जित हासिल गर्न कठिन छैन।'

यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले टीमले आफ्नो योजना अनुसार खेलेको र सेमिफाइनलमा पुग्ने लक्ष्य पुरा भएको बताए। बुधबार म्यान अफ दी म्याच चुनिएका कप्तान दीपेन्द्रले भुटान विरुद्ध ८ ओभल बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिएका थिए।

'अबका खेलमा पनि हामी जित हासिल गर्दै सेमिफाइनल खेल्ने कोसिस गछौं। खेलमा म्यान अफ द म्याच पाउँदा खुसी लागेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell