PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मोदी र आबेबीच भारतीय रेल सेवाको सुधारकाविषयमा कुराकानी



पहिलोपोस्ट

मोदी र आबेबीच भारतीय रेल सेवाको सुधारकाविषयमा कुराकानी
फोटो श्रोतः thehindubusinessline.com

नयाँदिल्ली :  भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको रेल सेवाको सुधारका विषयमा कुराकानी भएको छ। 

उनीहरु बीच भारतको रेल सेवाको विकास र विस्तारका बारेमा कुराकानी भएको हो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका छन्। 

भारतमा रेल सेवा पछिल्लो समयमा खतरनाक बन्दै गएको छ। धेरैभन्दा धेरै दुर्घटनाहरु यतिबेला रेलमार्गमा नै हुने गरेको बताइन्छ। 

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो। एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि २ करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ। 

भारतको सरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा हरेक वर्ष करिब १५ हजार नागरिकको रेल दुर्घटनामा परी ज्यान जाने गरेको छ। 

बुलेट ट्रेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचनको अभियानका समयमा अघि सारेको कार्यक्रम हो। उनले आफूले निर्वाचन जितेमा भारतमा बुलेट ट्रेन सेवा विस्तार गर्ने बताएका थिए। 

भारतीय रेल सेवा पुरानो र जीर्ण अवस्थामा पुगेको बताइन्छ। यो सेवा भारतमा बेलायती साम्राज्य कालीन समयमा विस्तार गरिएको हो।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell