PahiloPost

Feb 6, 2026 | २४ माघ २०८२

'बालिका वधु' र 'उतरन' नेपाली भाषामा डब गरी प्रसारण हुँदै



'बालिका वधु' र 'उतरन' नेपाली भाषामा डब गरी प्रसारण हुँदै

काठमाडौँ : कलर्स टिभीबाट प्रसारण भएका दुई चर्चित हिन्दी टेलिसिरियलहरु 'बालिका वधु' र 'उतरन' नेपाली भाषामा डब गरी प्रसारण हुने भएको छ। 

डिस होमको 'रमाइलो' च्यानलमा यी टेलिसिरियलहरु नेपालीमा प्रसारण गर्ने घोषणा गरिएको हो। 

'बालिका वधु' सन् २००८ देखि सन् २०१६ सम्म आठ वर्षमा २ हजार २४८ भाग प्रसारण भएको थियो। भारतको राजस्थानको गाउँकी बालिका वधुको कथामा यो आधारित छ। 

यसको डब संस्करणहरु श्रीलंका, दक्षिण अफ्रिका, आर्मेनिया, लिथुआनिया, क्रोएसिया, आुल्गेरिया, रोमानिया, इन्डोनेसिया, भियतनाम आदि देशमा प्रसारण भइसकेको छ। 



त्यसैगरी उतरन पनि कलर्स टिभीमा नै प्रसारण भएको टेलिसिरियल हो। धनी बाउकी छोरी तपस्या र गरीब कामदारकी छोरी इच्छा दुई साथीको कथामा यो सिरियल आधारित छ। 

यसको डब संस्करणहरु श्रीलंका, आर्मेनिया, लिथुआनिया, रोमानिया, इन्डोनेसिया, सर्बिया, कजाखस्तान आदि देशमा प्रसारण भइसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell