PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड



पहिलोपोस्ट

किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं : फुटबलर किरण कुमार लिम्बु र ब्याड्मिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १४औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा किरण पुरुष तथा नङसल महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन्।

पुरुषतर्फ किरणसँगै क्रिकेटका शरद भेषावकर, भलिबलका मान बहादुर श्रेष्ठ, ब्याड्मिन्टनका रत्नजित तामाङ र एथ्लेटक्सका सोमबहादुर कुमाल मनोनयनमा परेका थिए।

यस्तै महिलामा नङसलसँगै एथ्लेटक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराई, जुडोकी फुपूल्हामु खत्री र आर्चरीकी ज्ञानु अवाले मनोनयनमा परेकी थिइन्।

उत्कृष्ट वर्ष खेलाडी जुडोकी मनिता प्रधान शाही बनिन् भने उत्कृष्ट प्रशिक्षक एथ्लेटिक्का पुष्पराज ओझा घोषित भए।
युवातर्फ मनितासँगै क्रिकेटका दीपेन्द्र सिंह ऐरी, भलिबलकी प्रतिभा माली, भारोत्तोलनकी कमला श्रेष्ठ र फुटबलका अनन्त तामाङ मनोनयनमा थिए।

प्रशिक्षकमा भने फुटबलका योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याड्मिन्टनका किरण थापा मनोनयनमा परेका थिए।

एथ्लेटिक्सकै कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड जितिन्। उनले मनोनयनमा परेका अन्य चार खेलाडी भोटिङका आधारमा पछि पार्दै अवार्ड जितेकी हुन्। 

एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा घोषणा गरिएको पिपुल्स च्वाइस अवार्डका लागि कूल ९५ हजार ७२६ भोट प्राप्त भएको थियो। चार फेसबुक लाइक बराबर एक भोट मानिएको थियो।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये मान्छीमायाले सर्वाधिक ६६ हजार ८३४ मत प्राप्त गरिन्। पिपुल्स च्वाइस अवार्डमा फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे।

नेपालको पहिलो प्रो गल्फर घनश्याम थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। यस्तै चार दशक लामो इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपाली राष्ट्रिय भलिबल टिमलाई टिम अफ दि इयरको अवार्ड प्रदान गरियो।

यसैगरी पारा एथ्लेट तर्फको अवार्ड नेत्रहिन क्रिकेटर पदम बडेलाले जित भने स्पेशल अवार्डद्वारा बन्दी सहायत नियोग (पाम) लाई सम्मान गरियो।

टिम अफ दि इयरबाट नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई सम्मान गरियो। नेपाली पुरु टोलीले चार दशकको भलिबल इतिहासमा गत वर्ष पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो।

वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले एक एक थान बजाज पल्सर बाइक हात पारे भने अन्य विजेताले जनही ५० हजार नगद प्राप्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell