PahiloPost

Dec 19, 2025 | ४ पुष २०८२

भूकम्पपीडितलाई राहतसँगै आउँदैछ ठूलो संख्यामा बाइबल, चन्दाको २५ प्रतिशत रकम धर्म प्रचारमा



भूकम्पपीडितलाई राहतसँगै आउँदैछ ठूलो संख्यामा बाइबल, चन्दाको २५ प्रतिशत रकम धर्म प्रचारमा

  • उमेश श्रेष्ठ -
काठमाडौँ : विनाशकारी भूकम्पबाट पीडित भएकाहरुलाई राहत सहयोगका साथै इसाई धर्मग्रन्थ बाइबल पनि ठूलो संख्यामा नेपाल पठाउने तयारी अमेरिकी संस्थाले गरेको छ। 

अमेरिकन बाइबल सोसाइटीले नेपालमा प्राकृतिक विपत्तिको मौका छोपेर धर्म प्रचारका लागि बाइबल पठाउने तयारी स्वरुप चन्दा संकलन सुरु गरेको छ। यी बाइबलहरु खाद्यान्न, पानीसँगै नेपालका चर्चहरुमा पठाइने अमेरिकन बाइबल सोसाइटी अन्तर्गत रहेको ग्लोबल स्क्रिप्चर इम्प्याक्टका सिनियर रिसर्च एडिटर बार्बरा डेल्पले बताइन्। 

'हामी नेपालका लागि एक लाख डलर आपतकालीन चन्दा आह्वान गर्दैछौँ,' डेल्पले पहिलोपोस्टसित भनिन्, 'त्यसमध्ये ७५ प्रतिशत रकम पानी, खाद्यान्न र सरसफाइका सामान आदिको लागि उपयोग गरिनेछ भने बाँकी २५ प्रतिशत रकमले नेपालका चर्चहरुमा बाइबल पठाइनेछ।'

अमेरिकन बाइबल सोसाइटी बाइबल वितरण गर्ने उद्देश्य राखेको अमेरिकाको न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको संस्था हो। यसले बाइबल विभिन्न भाषामा अनुवाद गर्ने, प्रकाशन गर्ने र वितरण गर्ने काम गर्छ। 

ग्लोबल स्क्रिप्चर इम्प्याक्टले विश्वका कुन ठाउँमा प्रभावकारी रुपमा धर्म प्रचार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्न बनेको सोसाइटीकै एउटा शाखा हो। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell