PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिमियर लिग : चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डको जित



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डको जित

साविक विजेता चेल्सी, टोटनहम, आर्सनल र वाटफोर्डले प्रिमियर लिगमा शनिबार जित हात पार्दै ३-३ अंक जोडेका छन्। यस्तै नवप्रवेशी ब्राइटनले सिजनको पहिलो जित हात पारेको छ।

जितपछि ४ खेलबाट ९ अंक जोडेको चेल्सी तेस्रो, ८ अंक रहेको वाटफोर्ड चौथो तथा ७ अंक रहेकव टोटनहम पाँचौ स्थानमा छ।

पहिलो खेल हारेको चेल्सीले लगाता तेस्रो जित हात पार्ने क्रममा लेस्टर सिटीलाई २-१ ले हरायो। चेल्सीका लागि अल्भारो मोराटा र एन गोलो कान्टेले गोल गरे। लेस्टरका लागि जेमसी भार्डीले पेनाल्टीमा एक गोल फर्काए।

यस्तै साविक उपविजेता टोटनहमले एभरटनलाई ३-० ले पराजित गर्‍यो। टोटनहमका लागि ह्रयारी केनले २ तथा क्रिस्टियन एरिक्सनले १ गोल गरे।

यता ड्यानी वेलब्याकको दुई गोल मद्तमा आर्सनलले एएफसी बर्नमाउथलाई ३-० ले हरायो। आर्सनलका लागि अलेक्जान्डर लाकाजेट्टेले एक गोल गरे।

वाटफोर्डले साउथह्याम्टनलाई २-० ले हराउँदै सिजनको दोस्रो जित निकालेको छ। वाटफोर्डका लागि अबदुलाए डेकोरे र डाली जनमतले एक एक गोल गरे।

पास्कल ऊरोसले दुई गोल गरेपछि नवप्रवेशी ब्राइटनले वेष्ट ब्रोमलाई ३-१ ले हरायो। ब्राइटनका लागि टमर हेमेदले एक गोल गरे। वेष्टब्रोमका लागि जेम्स मोरिसनले एक गोल फर्काए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell