PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

यस्तो रह्यो वीरगञ्जमा उम्मेदवारी दर्ताको रौनक, हेर्नुस् फोटो

यस्तो रह्यो वीरगञ्जमा उम्मेदवारी दर्ताको रौनक, हेर्नुस् फोटो

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगञ्ज : तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकामा हुने निर्वाचनका लागि आज उल्लासमय वातावरणमा उम्मेदवारी मनोनयन दर्ता भयो। 

संघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयरमा विजय सरावगी, उपमेयरमा पिंकी देवि यादव, नेकपा माओवादी केन्द्रका तर्फबाट  मेयरमा रहवर अन्सारी, उपमेयरमा दुर्गा क्षेत्री, नेकपा एमालेका तर्फबाट मेयरमा बसरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्य, राजपाबाट मेयरमा राजेशमान सिंह र उपमेयरमा रम्भा मिश्रा ,मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजपा छोडेर आएका विमल श्रीवास्तव र रिंकु यादव,कमल थापा नेतृत्वको राप्रपाका तर्फबाट अर्जुन बहादुर सिंह ठकुरी र स्वतन्त्र उम्मेदवारमा नेपाली जनता दलबाट मेयरमा मनोज रौनियार,उपमेयरमा गौतली राउत ,समृद्ध मधेश नागरिकबाट महम्द रजा ,सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालका तर्फबाट मेयरमा छोटेलाल राउत कुर्मी,नेकपा संयुक्तका तर्फबाट मुन्ना कुमार साहको उम्मेदवारी दर्ता भएको  छ। त्यसैगरी स्वतन्त्रमा लक्ष्मण साह तेली ,देवकीलाल साह कानु ,विन्टु राउत बरई ,विकाउ यादवको मेयरमा उम्मेदवारी परेको छ।
राजपा छोडेर विजय गच्छदारको पार्टीबाट उम्मेदवारी दिएका विमल श्रीवास्तव
फोरम नेपालका उम्मेदवार
माओवादी केन्द्रका उम्मेदवार
नेपाली कांग्रेसका उम्मेदवार
राजपाका उम्मेदवार
राप्रपाका उम्मेदवार


ट्रेन्डिङ पोस्ट

Ncell