PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

त्रिविले गर्‍यो नेशनल कलेजको सम्बन्धन खारेज



त्रिविले गर्‍यो नेशनल कलेजको सम्बन्धन खारेज

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको  कार्यपरिषदले नेशनल कलेजलाई दिएको सम्बन्धन खारेज गरेको छ।  त्रिविकै छानबिन कमिटीले बुधबार बिहानै कलेजको अनुगमन गर्दै सम्बन्धन लिन कुनै पनि मापदण्ड पूरा नगरेको भन्दै त्रिवि कार्यपरिषदलाई प्रतिवेदन बुझाएको थियो।

त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले कलेजको सम्बन्धन खारेज गरेको हो। परिषदले नै गत साउन १२ गते कलेजलाई सम्बन्धन दिएको थियो।
 
कलेजको सञ्चालन तथा सम्बन्धन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम नभएकाले सम्बन्धन खारेज गरेको त्रिविले बताएको छ।
 
त्यसै गरी डाक्टर गोविन्द केसीको आज बस्ने नबस्नेबारेमा छलफल भइरहेकाे छ। गत साउन ११ गते डा. केसीले नेशनल कलेजको सम्बन्धन तत्काल खारेज नगरे अनसन बस्ने भन्दै १० दिनको अल्टिमेटम दिएका थिए।

त्रिवि विद्यापरिषद्ले गत शनिवार नै कलेजको सम्बन्धन स्थगित गरेको उल्लेख गरेको थियो। त्यसैगरी स्वास्थ्य मन्त्रालयको छानबिन कमिटीले कलेजको समबन्धन मापदण्ड विपरीत भएकाले शिक्षण अस्पताल बन्द गर्न गृहमन्त्रालयलाई पत्राचार गर्ने बताएको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell