PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दक्षिण कोरिया दशौँ पटक विश्वकपमा छनोट



पहिलोपोस्ट

दक्षिण कोरिया दशौँ पटक विश्वकपमा छनोट

एसियाली राष्ट्र दक्षिण कोरिया दशौँ पटक विश्वकप फुटबलका लागि छनोट हुन सफल भएको छ। एसियाली छनोटअन्तर्गत समूह अन्तिम चरणको समूह ए को खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेपछि दक्षिण कोरिया सिधै विश्वकपमा छनोट भएको हो।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको कोरियाले १९८६ यता निरन्तर विश्वकप खेल्दै आएको छ। यसअघि नै रसिया विश्वकपका लागि एसियाबाट इरान र जापन छनोट भइसकेको छ। अब एसियाबाट एक टिम सिधै छनोट हुन बाँकि छ भने अर्को टिमले अर्को महादेशको टिमसँग प्लेअफ खेल्नेछ।

१० खेलबाट १५ अंक जोडेको दक्षिण कोरिया इरानपछि दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो। यसअघि नै छनोट भइसकेको इरानले सिरियासँग २-२ को बराबरी खेलेपछि कोरियालाई फाइदा पुगेको हो।

बराबरीपछि १३ अंक जोडेको सिरिमा समूहमा तेस्रो हुँदै एसियन क्षेत्रको प्लेअफका लागि छनोट भएको छ। सिरियाले अब एसियन प्लेअफमा अर्को समूहको तेस्रो स्थानमा रहने अष्ट्रेलिया र साउदी अरेविया मध्ये एक टिमसँग खेल्नेछ। त्यसको विजेताले कोनकाकाफको टिमसँग विश्वकपका लागि प्लेअफ खेल्नेछ।

यस्तै समूह बी को खेलमा थाइल्याण्डलाई २-१ ले पराजित गर्दै अष्ट्रेलियाले सिधै विश्वकप खेल्ने सम्भावना मजवुत बनाएको छ।

समूह बी मा सबै खेल खेलेपछि अष्ट्रेलियाको १९ अंक छ र दोस्रो स्थानमा छ। अर्को खेलमा यसअघि नै छनोट भइसकेको जापानले साउदी अरेवियालाई हराएको खण्डमा अष्ट्रेलिया सिधै छनोट हुनेछ। साउदी अरेविया विजयी भएको खण्डमा भने अष्ट्रेलियासँग अंक बराबरी हुनेछ र गोल अन्तरका आधारमा एक टिम सिधै विश्वकपका लागि छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell