PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने



रासस

बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने

चितवन :  काठमाडौंसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। 

नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ।

बुद्ध एयरले बिचक्राफ्ट सञ्चालन गर्दैछ। जसमा १८ यात्रु अट्ने छन्। भाडादर एकतर्फी तीन हजार ६०० कायम गरिएको बस्नेतले जानकारी दिए। 

पोखरा–भरतपुर हवाई सेवा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ।

चितवनमा कास्की, बागलुङ, तनहुँ, पर्वतलगायत जिल्लाबाट बसाइँसराइ गरी आउने र व्यवसाय गर्नेको संख्या बढी भएकाले उडानलाई व्यावसायिक सफलता मिल्ने अपेक्षा गरिएको छ। बस्नेतले निरन्तर उडानका लागि आवश्यक प्रचार र सहयोगको खाँचो हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell