PahiloPost

May 15, 2024 | २ जेठ २०८१

एसियन कप क्वालिफायर : जितको खोजीमा नेपाल र ताजकिस्तान



पहिलोपोस्ट

एसियन कप क्वालिफायर : जितको खोजीमा नेपाल र ताजकिस्तान

काठमाडौं : एएफसी एसियन कप क्वालिफारअन्तर्गत नेपाल र काजकिस्तानबीच भोली मंगलबार घरेलु मैदानमा खेल हुँदैछ। क्वालिफायरमा दुवैको यो तेस्रो खेल हो।

दुवै देशका प्रशिक्षकले सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा जितका लागि खेल्ने बताए।

नेपाल र ताजकिस्तान बीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुनेछ।

यसअघि खेलिएका दुई खेलबाट नेपालले एक अंक जोडेको थियो भने दुबै खेल हारेको ताजकिस्तान अंकविहिन छ।

पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा हारेको नेपालले घरेलु मैदानमा यमनसँग बराबरी खेलुदै पहिलो अंक जोडेको थियो। उता ताजकिस्तानले भने यमन र फिलिपिन्ससँगको दुवै खेल हारेको थियो।

नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले ताजकिस्तान विरुद्धको खेल धेरै महत्वपूर्ण रहेको र यही खेलले नै नेपालको छनोट यात्रा कस्तो हुन्छ भनेर निर्धारण गर्ने बताए।

'हामी खेल जित्न नसकेपनि अंक जोड्न चाहन्छौँ।' कोजीले भने। 'मैले ताजकिस्तानको खेलहरु हेरेको छु र उनीहरुको प्रदर्शनको विश्लेषण समेत गरेको छु। तर उनीहरुले त्यही शैलीमा खेल्छन् भन्ने छैन। हामी उनीहरुले कसरी खेल्छन् हेर्छौँ र हाम्रो योजना बनाउनेछौँ।'

यस्तै कोजीले नेपाली टोलीको जापान भ्रमण नेपालको फुटबल विकासको लागि सकरात्मक स्टेप भएको प्रतिक्रिया दिए।

नेपालको प्रशिक्षण सम्हालेको करिब डेढ वर्षमा उनले टिमम सुधार भएको प्रतिक्रिया दिए।

यस्तै कप्तान अनिल गुरुङको स्थानमा पहिलो पटक टिममा स्थान बनाएका जर्ज प्रिन्स कार्कीबारे सोध्दा कोजीले मेहनत गरेका २३ खेलाडी नै टिममा परेका बताए। 'म कुनै पनि खेलाडीलाई बढी जोड दिन्न मेरो टिममा रहेका कुनै पनि खेलाडीले पहिलो रोजाईमा स्थान बनाउन सक्नेछन्।'

यस्तै ताजकिस्तानका प्रशिक्षक फुजाएलभ खकिमले भोलीको खेल क्वालिफायरमा रहनको लागि धेरै महत्वपूर्ण रहेको बताए।

उनले एसियन कपमा छनोटको आशा कायम राख्न भोलीको खेलमा ३ अंक नै जोड्नुपर्ने बताए।

आर्टिफिसिएल टर्फमा खेलिरहेको बानी भएका कारण एन्फा कम्प्लक्मा खेल्न कुनै गाह्रो नहुने उनको भनाई छ।

'हामीले नेपाल र यमनको खेल हेरेका थियौँ। जसमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। दुवै टिम अंक जोड्ने योजनामा रहेका कारण खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।' खकिमले भने। 'घर बाहिर खेल गइरहे पनि हामीलाई कुनै दबाब छैन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell