PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बेल्जियम विश्वकपमा छनोट



पहिलोपोस्ट

बेल्जियम विश्वकपमा छनोट

युरोपियन राष्ट्र बेल्जियम अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएकाे छ।

युरोपेली छनोटअन्तर्गत गएराती भएको समूह एच को खेलमा ग्रीसलाई २-१ ले पराजित गर्दै बेल्जियम विश्वकपका लागि छनोट हुने रसियापछि दोस्रो युरोपेली राष्ट्र बनेको हो। आयोजकको हैसियतमा रसियाले यसअघि नै विश्वकपका स्थान बनाइसकेको छ।

जितपछि २ खेल बाँकी रहँदा बेल्जियमको ८ खेलबाट २१ अंक भएको छ। दोस्रो स्थानमा रहेको बोस्निया एण्ड हर्जगोभिनाको १४ अंकमात्र छ र उसले दुवै खेल जितेपछि बेल्जियमलाई भेट्टाउने छैन। बोस्नियाले जिब्राल्टरलाई ४-० ले पराजित गरेको हो।

यस्तै ब्राजिल, मेक्सिको, इरान र जापानले पनि विश्वकपमा स्थान बनाइसकेका छन्।

ग्रिसको मैदानमा भएको खेलमा ५ मिनेटको अन्तरमा ३ गोल भएको थियो। पहिलो हाफमा कुनै टीमले गोल नगरेपनि ७०औँ मिनेटमा जोन भर्टेनगनको गोलमार्फत बेल्जियमले पहिले अग्रता बनायो। ७३औँ मिनेटमा ग्रीसका जेकाले बराबरी गोल फर्काए। तर त्यसको दुई मिनेटपछि नै रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित दिलाए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell