PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्वकप छनोट : इंगल्याण्ड र जर्मनी विजयी



पहिलोपोस्ट

विश्वकप छनोट : इंगल्याण्ड र जर्मनी विजयी

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन्। गएराती भएको समूह सी को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २-१ ले हरायो। इंगल्याण्डले समूह एफमा माल्टालाई ४-० लेसहजै पराजित गर्‍यो।

जर्मनीलाई जित दिलाउन टिमो वेनर  रम्याट हुमल्सले १-१ गोल गरे। चेकका लागि भ्लादिमिर डमरिडाले एक गोल गरे।

यसै समूहको अन्य खेलमा उत्तरी आयरल्याण्डले सान मारिनोलाई ३-० तथा नर्वेले अजरवैजानलाई २-० ले हराएको छ। ७ खेलपछि २१ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा छ भने उत्तरी आयरल्याण्ड १६ अंकाका साथ दोस्रोमा छ।

यता इंगल्याणडले अवे मैदानमा एकपक्षिय जित निकाल्दा चार फरक खेलाडीले गोल गरे। थ्री लायन्सका लागि ह्याहरी केनले २ तथा राएन बरटाण्ड र ड्यानी वेलब्याकले१-१ गोल गरे। यसै समूहमा स्कटल्याण्डले लिथुवनियालाई ३-० ले हरायो भने स्लोभाकियाले स्लोभेनियालाई १-० ले पराजित गर्‍यो।

अपराजित रहेको इंगल्याण्डको ७ खेलबाट १७ अंक छ भने स्लोभाकियाको १५ अंक छ।

यसैगरी समूह ई मा डेनमार्कले पोल्याण्डमाथि ४-० को शानदार जित निकालेको छ। घरेलु मैदानमा डेनमार्कलाई जिताउन थोमस डलाने आन्द्रे कोर्नेलस, निकोलाइ जर्जेनसन र क्रिस्टियन एरिक्सनले गोल गोल गरे। यस समूहको अन्य खेलमा रोमानियाले अर्मेनियालाज्ञ १-० तथा मोन्टेनेगेरोले कजाखस्थानलाई ३-० ले हरायो।

डेनमार्कसँग हारेपनि ७ खेलबाट १६ अंक जोडेको पोल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा छ भने १३ अकका साथ मोन्टेनेग्रो दोस्रोमा छ। १३ अंक नै रहेको डेनमार्क गोल अन्तरमा पछि पर्दै तेस्रोमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell