PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथी



पहिलोपोस्ट

विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथी
फाइल फोटो

काठमाडौं : फिफाले जारी गरेको महिला फुटबलको विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथि उक्लिएको छ।

फिफाले सेप्टेम्बर महिनाको लागि शुक्रबार जारी गरेको वरीयतामा नेपाली महिला पुटबल टोली पाँच स्थान सुधार गर्दै ९४औँ स्थानमा पुगेको हो।

दक्षिण एसियामा भारत सबैभन्दा माथी ५६औँ स्थानमा छ। भारतले चार स्थान सुधार गरेको हो।

यसअघि नेपाल ९९औँ वरीयतामा थियो। अघिल्लो महिना पनि ११३६ अंक रहेको नेपालको यो महिना पनि उती नै अंक रहेको छ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रव स्थानमा कायम छ। दुई स्थान सुधार गर्दै इंगल्याण्ड तेस्रो स्थानमा उक्लेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell