PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टी-२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि



पहिलोपोस्ट

माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टी-२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि

काठमाडौं : यही सेप्टेमबर ५ देखि  १६ सम्म अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरामा हुँदैछ। आयोजक माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इएनटीसै संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ।

गण्डकी र धौलागिरीका क्रिकेटरलाई मौका दिने उदेश्यले आयोजना गर्न लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

काठमाडौं बाहिर पोखरामा पनि क्रिकेटको क्रेज राम्रो देखेका कारण स्थानिय स्तरका खेलाडीको प्रतिभा निखार्न यस प्रतियोगिता गर्न लागेको थापाले जनाए।

'यो पटक हामीले १५० खेलाडीबाट अक्सन गरेर ९० खेलाडी चयन गर्‍यौँ। यसबाट ६० खेलाडी छनोट गरेर राष्ट्रिय स्तरका खेलाडी समेत मिसाएर अर्को वर्ष अझै ठूलो प्रतियोगिता गर्ने लक्ष्इ छ।' थापाले भने।

एमसीएलमा आयोजक माछापुच्छ्रे लायन्स सहित भीएम वारिअर्स, पर्वत टाइटन्स, डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिताह र केकेएएफ स्याङ्गजा च्यालेन्जर्ससहित ६ टिमले सिंगल लिगमा प्रतिस्पर्धा गर्नेछन्।

लिगका सबै खेलहरु पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुनेछ।

लिगका लागि यसअघि नै खेलाडीको अक्सन सम्पन्न भइसकेको छ। जसमा सुदीप फौडेल सर्वाधिक महँगा खेलाडीका रुपमा डाउनटाउन लायन्स पोखराले १० हजार रुपैंयामा किनेको थियो।

सहभागी प्रत्येक टिमले लिग चरणमा सबै टिमसँग एक-एक खेल खेल्नेछन्। लगपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफको लागि छानिने छन्।

लिग चरणमा पहिलो र दोस्रो हुने टोलीले प्लेअफ अन्तर्गत पहिलो क्वालिफाइङ म्याच खेल्नेछ। त्यसमा विजयी हुने सिधै फाइनल पुग्नेछ। पराजित हुने टिमले तेस्रो र चौथो हुने टिमको एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि पुन: खेल्न पाउनछे।

एमसीएलको विजेताले ३ लाख तथा उपविजेताले २ लाख हात पार्नेछन्।

यस्तै उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०–१० हजार पाउने छन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।

कूल २५ लाख बजेट रहेको प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख नगद उपलब्ध गराउने आयोजक खुकुरी इएनटीका विनायक विक्रम थापाले बताए।

लिगको उद्घाटन खेल आयोजक माछापुच्छ्रे लायन्स र भीएम वारिअर्सबीच हुने छ। दोस्रो दिनबाट दैनिक दुई-दुई खेल हुने आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell