PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पाँच दिनपछि ११ वर्षीया बालिकाको जीवितै उद्दार



पाँच दिनपछि ११ वर्षीया बालिकाको जीवितै उद्दार

नेपाली सेनाको उद्दार टोलीले भक्तपुरको दत्तात्रयबाट भूकम्पको पाँच दिनपछि एक ११ वर्षीया बालिकाको जीवितै उद्दार गरेको छ। यस क्षेत्रमा धेरै घरहरु भत्किएका छन्। 

भुकम्प प्रभावित अन्य बिभिन्न क्षेत्रहरुबाट हवाई साधन प्रयोग गरी बुधबारसम्म ८८४ जना घाइते बिरामीहरुलाई उद्धार गरेको तथा भुकम्पमा परी भत्किएको घरका भग्नावशेषमा पुरिएका ११२२ जनालाई सकुशल उद्धार गरेकोे नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी भुकम्प प्रभावित रसुवा जिल्लाको लाङटाङ, घोडातवेला, स्याफ्रुबेशी, क्यान्जिन गुम्बा तथा धुन्चे इलाकाहरुबाट बिभिन्न राष्ट्र (बेल्जियम, क्यानडा, स्विडेन, स्पेन, इस्टोनिया, चीन, लेवनान, संयुक्त अधिराज्य, इजरायल, कोरिया, डेनमार्क र अष्ट्रेलिया) का विदेशी १०९ जना र स्वदेशी ९२ जना गरी जम्मा २०१ जनाको सकुशल उद्धार गरेको छ।

उक्त उद्धारको क्रममा इस्टोनियाको महिला १ र मलेसियाको पुरुष १ गरी जम्मा २ जनाको शव पनि उद्धार गरी काठमाण्डौ ल्याएको छ ।

त्यसैगरी दोलखा जिल्लाको लामलुङ इलाकाबाट ६ जना, धादिङ जिल्लाको बुढाथुङ्ग, बसेसी र सेङ्गजेङ्ग ईलाकाबाट ९ जना, नुवाकोट जिल्लाको घ्याङ्गफेदी ईलाकाबाट ४ जना, गोरखा जिल्लाको स्यमजुङ्ग ईलाकाबाट १० जना र सिन्धुपाल्चोक जिल्लाको तातोपानी इलाकाबाट १८ जनालाई उद्धार गरेको सेनाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell