PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?



प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?

काठमाडौँ : निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो प्रतिवेदन बुझाएको हो। 

आयोगले बुझाएको प्रतिवेदन अनुसार सबैभन्दा धेरै  प्रदेश नम्बर-३ मा ३३ र सबैभन्दा कम प्रदेश नम्बर-६ मा १२ निर्वाचन क्षेत्र कायम गरेको छ। आयोगले जनसंख्यालाई ९० र भूगोललाई १० प्रतिशत भार दिएर क्षेत्र निर्धारण गरेको जनाएको छ।

आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर-१मा २८ र प्रदेश नम्बर-२मा ३२ प्रदेश नम्बर-३मा ३३ प्रदेश नम्बर-४मा १८ प्रदेश नम्बर-५मा २६ प्रदेश नम्बर-६मा १२ र प्रदेश नम्बर-७मा १६ निर्वाचन क्षेत्र प्रतिनिधिसभाका लागि कायम भएका छन्।

प्रतिनिधिसभाको एक क्षेत्र बराबर २ निर्वाचन क्षेत्र कायम गरेको आयोगले प्रदेश नम्बर-१मा ५६, प्रदेश नम्बर-२मा ६४, प्रदेश नम्बर-३मा ६६, प्रदेश नम्बर-४ मा ३६, प्रदेश नम्बर-५ मा ५२, प्रदेश नम्बर-६मा २४ र प्रदेश नम्बर-७मा ३२ कायम गरेको हो। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell