PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डाक्टरकै बच्चाको मृत्युभएपछि नर्भिकमा परिवारको धर्ना

डाक्टरकै बच्चाको मृत्युभएपछि नर्भिकमा परिवारको धर्ना


काठमाडौँ : उपचारको क्रममा १६ महिने बच्चाको मृत्यु भएपछि बच्चाका आफन्तहरुले मंगलबार नर्भिक अस्पतालमा धर्ना दिएका छन्। अस्पताल क्षेत्रमा तनाव बढेपछि प्रहरी परिचालनसमेत गर्नुपर्‍यो।

मृतक बच्चाको बुवा रमेशकुमार आचार्य आफै फिजिसियन डाक्टर हुन्। उनका अनुसार बच्चा बिरामी भएर तीन दिनअघि शिशु क्लिनिक दरबारमार्गमा उपचार गरिएको थियो। त्यहाँको औषाधिले काम नगरेपछि इमर्जेन्सीमा आज बिहान भर्ना गरिएको थियो। उनी भन्छन्, ‘उपचारको क्रममा मृत्यु भयो। नाकमा ठूलो पाइप घुसाएकाले छोरीको मृत्यु भएको हो। छानबिन नगरेसम्म हामी अस्पतालमा धर्ना दिन्छौँ।’

मृतक बालककी आमा चन्द्रा अस्पताल प्राङ्गणमा ह्विलचियरमा छिन्। उनी अस्पतालको लापरबाहीको कारण बच्चाको मृत्यु भएको बताउँछिन्।

नर्भिक अस्पतालका प्रशासन प्रमुख राजेन्द्रबहादुर सिंह छानबिन कमिटीले गल्ती देखाए जे सजाय भोग्नपनि तयार रहेको बताउँछन्। उनी भन्छन्, ‘बच्चा सिकिस्त बनाएर ल्याइएको थियो। इमर्जेन्सीमा भर्ना गरिएको थियो। यहाँ उपचार नहुनेभएपछि एम्बुलेन्समै भेन्टिलेटर राखेर कान्ति रिफर गर्न खोज्दा बालकको मृत्यु भएको हो।’

सिंहका अनुसार मृतका आफन्तहरुलाई सबै रिपोर्ट देखाइसकेको छ। डाक्टरको सबै प्रोफाइल र बच्चालाई गरेको सबै उपचारको बारेमा मृतक परिवारको आफन्तहरुसँग बसेर छलफल भइसकेको छ।

‘उहाँहरुलाई सबै जानकारी छ। पछि उहाँहरुले त्यत्तिकै तनाव गर्नुभयो,’ सिंहले भने, ‘हाम्रो गल्ती देखिए जे सजाय भोग्न पनि तयार छौँ।’

अस्पतालमा निष्पक्ष छानबिनको माग गर्दै धर्नामा बसेका मृतकका परिवारले स्वास्थ्य मन्त्रालयमा घटनाको बारे जानकारी दिइसकेको बताउँछन्। मृतक परिवारका आफन्त देवेन्द्र पौडैल भन्छन्, ‘कतैबाट केही प्रतिक्रिया आएको छैन।’


ट्रेन्डिङ पोस्ट

Ncell