PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

उपचारका क्रममा बालकको मृत्यु भएपछि नर्भिक अस्पताल तनावग्रस्त



पहिलोपोस्ट

उपचारका क्रममा बालकको मृत्यु भएपछि नर्भिक अस्पताल तनावग्रस्त

काठमाडौः उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। 

चिकित्सकको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।

नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले चिकित्सको लापरबाहीको कारण बालकको मृत्यु नभएको पहिलोपोस्टलाई बताए। उनले निमोनिया भएको बालक पाँच दिन अन्य अस्पतालमा उपचार गराएर ल्याएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell