PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मध्यान्तरसम्मको अग्रता जोगाउन नसक्दा नेपाल पराजित, साफ यु १५ च्याम्पिनसिप उपाधि भारतलाई

मध्यान्तरसम्मको अग्रता जोगाउन नसक्दा नेपाल पराजित, साफ यु १५ च्याम्पिनसिप उपाधि भारतलाई

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। घरेलु मैदानमा नेपाललाई २-१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो। 

यसअघि समूह चरणमा पनि नेपाललाई भारतले २-१ ले नै पराजित गरिसकेको थियो। 

खेलमा अग्रता भने नेपालले लिएको थियो। मध्यान्तरसम्म नेपाल १-० ले अगाडि थियो। ४१ औँ मिनेटमा बिर्जेश चौधरीले पेनाल्टीमा गोल गरेका थिए। 

तर मध्यान्तरपछि खेलको पासा पल्टियो। ५९ औँ मिनेटमा भारतका तर्फबाट लालरोकिमाले गोल गरी खेल बराबरीमा ल्याए। 

खेलको ७५ औँ मिनेटमा भारतका कप्तान विक्रम प्रताप सिंहले गोल गरी अग्रता लियो। अन्ततः भारत २-१ ले विजयी भयो।  

 


ट्रेन्डिङ पोस्ट

Ncell