PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजपाले गरायो आयोगमा दल दर्ता



रासस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजपाले गरायो आयोगमा दल दर्ता

काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ। 

पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। राजपाको राजपाको दल दर्ता नम्बर ५५ रहेको छ। 

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० गतेका लागि घोषणा गरिसकेको छ भने स्थानीय तहको निर्वाचन प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुँदैछ। 

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताका लागि भदौ ११ गते आइतबारसम्मको समय तोकेको छ। आजसम्म आयोगमा ५६ वटा दलको दर्ता भइसकेकाे छ। 

दल दर्ता गराउने क्रममा राजपाको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँगसमेत भेट गरी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकाबारेमा केन्द्रीत रहेर छलफल गरेको छ । 

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको जनताबीचमा जाने निर्णयअनुरुप दलदर्ताका लागि आयोगमा आएको बताए। 

राजपाले स्थानीय तह निर्वाचनमा साइकल चिन्हमा चुनाव लडेपनि निर्वाचन आयोगसँग पार्टीको चुनाव चिन्ह छाताको लागि प्रयास गरिरहेको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell