PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

यु-१९ टीमको ब्याटिङ कन्सलटेन्टका लागि मोन्टी देसाई नेपाल आउँदै



पहिलोपोस्ट

यु-१९ टीमको ब्याटिङ कन्सलटेन्टका लागि मोन्टी देसाई नेपाल आउँदै
फोटो : इएसपिएनक्रिकइन्फो डटकम

काठमाडौं : ब्याटिङमा कमझोर देखिएको नेपालको यू-१९ क्रिकेट टोलीले अब भारतिय प्रशिक्षक मोन्टी देसाईसँग ब्याटिङ कला सिक्न पाउने भएको छ। इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोएल्सका पूर्व प्रशसक्षक समेत रहेका देसाई यू-१९ टोलीको ब्याटिङ कन्सलटेन्टको रुपमा नेपाल आउन लागेका छन्।

आगामी सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुनेयू-१९ पूर्वी जोनल एसिया कप छनोटलाई मध्यनजर गर्दै देसाईलाई नेपाल बोलाएको क्यानकी पूर्व सिइओ भावना घिमिरेले पहिलोपोस्टलाई जानकारी दिइन्।

घिमिरेका अनुसार एसीसीसँगको सहकार्यमा १२ दिनको लागि देसाईलाई नेपाल ल्याउन लागिएको हो। 'यू-१९ विश्वकप छनोटमा नेपालको ब्याटिङ कमजोर देखिएपछि मुख्य प्रशिक्षक विनोद दासले ब्याटिङ कन्सलटेन्टको अवश्यकता भएको बताएपछि एसीसीको समन्वयमा देसाईलाई ल्याउन लागिएको हो।'

गत महिना सिंगापुरमा भएको यू-१९ विश्वकप छनोटमा कमजोर ब्याटिङकै कारण नेपाल यू-१९ विश्वकपमा छनोट हुन असफल भएकव थियो।

देसाईले यही अगस्ट २८ देखि सेप्टेम्वर ८ सम्म नेपालका युवा टोलीलाई ब्याटिङ कन्सलटेन्टको रुपमा ब्याटिङ सिकाउनेछन्।

देसाईको नेपाल आउने/जाने र नेपाल बसाईको सम्पूर्ण खर्च एसीसीले नै बेहोर्ने पनि घिमिरेले जानकारी दिइन्।

नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्वनमा रहेको कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले भावना घिमिरेलाई नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको समन्वय गर्ने जिम्मेवारी दिएको छ।

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको वर्ल्ड टी-२० क्वालिफाएरमा पनि देसाई नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कन्सलटेन्टका रुपमा रहेका थिए।

राष्ट्रिय टोलीका लागि पनि ब्याटिङ कन्सलटेन्ट ल्याउने विषयमा छलफल भइरहेको घिमिरेले बताइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell