PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साफ यू-१५ : किन हार्‍यो नेपाल भारतसँग, यस्तो छ प्रशिक्षक सुनिलले दिएको कारण



पहिलोपोस्ट

साफ यू-१५ : किन हार्‍यो नेपाल भारतसँग, यस्तो छ प्रशिक्षक सुनिलले दिएको कारण

काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह बी को अन्तिम खेलमा घरेलु टोली नेपाल यू-१५ भारत यू-१५ सँग २-१ ले पराजित भएको छ।

भारतको लागि कप्तान विक्रम प्रताप सिंह र रवि बहादुर राणाले एक-एक गोल गरे भने नेपालको तर्फबाट भने रोसन राना मगरले गोल गरे।

हारपछि नेपाल समूह बी को उपविजेता बनेको छ भने भारत समूह विजेता बनेको छ।

नेपालका खेलाडीहरुले मेहनत गरेर खेलेपनि योजना अनुसार खेल्न नसक्दा भारतसँग पराजित भएको नेपालका प्रशिक्षा सुनिल कुमार श्रेष्ठले बताए।

'हामीले ट्रेनिङमा जसरी सिकाएका थियौँ खेलाडीले अज त्यरी खेल्न सकेन। हामीले सट पास खेल्न भनेपनि त्यो सफल हुन सकेन। हामीले सट पास बिल्ड अफ गर्न सकेनौँ।'

'अन्तिम १५ मिनेटमा मात्र हामीले हाम्रो आफ्नो गेम खेल्न सक्यौँ।'

यस्तै उनले किपर र डिफेन्सबीच तालमेल अझै नमिलेको बताए। 'हाम्रो डिफेन्समा तालमेल मिलेन त्यसैले अनावश्यक गोल खायौँ।'

उनले २ जना नयाँ खेलाडी खेलाएका कारण पनि सेट पिस नमिलेको र खेलाडीले जथाभावी बल प्रहार गरेको बताए।

प्रशिक्षक सुनिलले सेमिफाइनलमा बंगलादेश विरुद्ध सुधार गर्दै राम्रो खेल्ने बताए। 'डिफेन्समा असिम पनि फर्केको छ। अब अर्को खेल त्यति गाह्रो हुनेछैन।'

यता जितपछि भारतका प्रशिक्षक बिलियानो फर्नान्डेजले नेपालले राम्रो खेलेको र खेल टफ भएको बताए। 'नेपालले विशेषगरी दोस्रो हाफमा राम्रो खेल्यो तर हामीले खेलमा कन्ट्रोल राख्यो र जित्यौँ।'

'यस नतिजाबाट म खुशी। हामी हरेक खेललाई महत्वका साथ लिन्छौँ। अब भुटान विरुद्धको खेलको लागि तयारी गर्नेछौँ।' उनले फाइनलमा नेपाल विरुद्ध खेल्न चाहेको समेत बताए।

अब नेपालले सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग खेल्नेछ भने भारतले समूह ए कव उपविजेता भुटानसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell