PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सञ्चिता लुईंटेलको नयाँ फिल्म 'लिला'को ट्रेलर



पहिलोपोस्ट

सञ्चिता लुईंटेलको नयाँ फिल्म 'लिला'को ट्रेलर

काठमाडौं: फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्म युनिटले ट्रेलर युट्युबमार्फत सार्वजनिक गरेको हो।

यसअघि फिल्मको 'साच्चै विषेश छौ’ र ‘ढाका चोली, ढाकाकै पटुकी’ बोलको गीत सार्वजनिक भएको थियो। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ रमेश कोइरालाले निर्देशन गरेका हुन्।

लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको कथा लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन्। फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ। फिल्म ३० भदौमा रिलिज हुँदैछ।

अभिनेत्री सञ्चिता लुईंटेलको अभिनय कमब्याकमा यो दोस्रो फिल्म हो। यसअघि फिल्म राधा सार्वजनिक थियो।

हेर्नुस् लिलाको ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell