PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुपन्देहीमा थपिए ६२ हजार मतदाता 



पहिलोपोस्ट

रुपन्देहीमा थपिए ६२ हजार मतदाता 

बुटवलः  रुपन्देहीमा ६२ हजार मतदाता थप भएका छन्। साउन एक गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा गरिएको मतदाता नामावली संकलनमा ६२ हजारले नाम लेखाएका हुन्।

अन्य नगरपालिका तथा गाउँपालिकाको भन्दा बुटबल उपमहानगरपालिकामा  ८ हजार ७ सय ९३ जनाले नाम लेखाएका निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिए।

१० गाउँपालिका र ६  नगरपालिका रहेको रुपन्देहीमा  अन्य जिल्लाबाट बसोबास गर्न आउनेको संख्या पनि अध्याधिक रहेका कारण मतदाताको संख्या बढेको  बताईएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell