PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देउवाले दिए विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिः पाँच जना नयाँ केन्द्रीय सदस्य, बन्यो अनुशासन समिति 



पहिलोपोस्ट

देउवाले दिए विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिः पाँच जना नयाँ केन्द्रीय सदस्य, बन्यो अनुशासन समिति 

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि पार्टीको व्यवस्थापनका लागि नेता विमलेन्द्र निधिलाई कार्यवाह सभापति तोकेका छन्।

आज विहान बालुवाटारमा बसेको कार्य सम्पादन समितिको बैठकबाट सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन्। 

नेपाली कांग्रेसको विधान अनुसार उपसभापतिले कार्यवाहक पाउने व्यवस्था भएपनि देउवाले निधिलाई उपसभापति नियुक्त नगर्दै कार्यवाहक सभापति तोकेका हुन्।

०७२ साल चैतमा सभापति निर्वाचित भएका सभापति देउवाले निधिलाई उपसभापति बनाउने विषयमा विगत देखि नै चर्चा भएपनि अहिलेसम्म देउवाले कुनै पदाधिकारी मोनित गरेका छैनन्। 

पाँच जना बने केन्द्रीय सदस्य
देउवाले भारत जानु अघि पाँच जना केन्द्रीय सदस्य नियुक्त गरेका छन्।  आज नियुक्त हुने केन्द्रीय सदस्यमा हरि नेपाल, राधेचन्द्र यादव, ध्यानगोविन्द रञ्जित र अमृत अर्याल छन्। 

अनुशासन समिति पनि बन्यो
सभापति देउवाले अनुशासन समितिसमेत गठन गरेका छन्। आफ्नो पक्षका दुई, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई र सिटौला पक्षका एक गरी पाँच सदस्यीय अनुशासन समिति बनाएका हुन्।

अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल भएका छन्। त्यस्तै अनुशासन समितिमा केन्द्रीय सदस्यहरु हृदयराम थानी, कमला पन्त, सुरेन्द्र पाण्डे र उमाकान्त चौधरी छन्। 

संयोजक रिजाल र सदस्य पाण्डे देउवा पक्षका हुन् भने थानी र पन्त पौडेल पक्षका हुन्। चौधरी भने सिटौला पक्षबाट कोषाध्यक्षको उम्मेदवार नै बनेका व्यक्ति हुन्। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell