PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आशिरमान देशराज जोशी र शिल्पा मास्केको 'ब्रेकअप'



पहिलोपोस्ट

आशिरमान देशराज जोशी र शिल्पा मास्केको 'ब्रेकअप'

काठमाडौं: फिल्म ग्याङस्टर ब्लूज प्रदर्शनरत छ। फिल्मका मुख्य अभिनेता आशिमान देशराज जोशी नयाँ प्रोजेक्टका लागि लिड अभिनेता रहने तय भएको छ। गत चैत १८ गते घोषणा भएको फिल्म 'ब्रेकअप'का लागि आशिरमान अनुबन्धित भएका हुन्। उनीसँगै अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा देखिने भएकी छिन्।

आशिरमानको ग्याङस्टर ब्लूज डेब्यु फिल्म हो भने शिल्पा मास्के यसअघि मिलन चाम्सको फिल्म 'लिलिबिली'का लागि अनुबन्धित थिइन्। तर अब उनले उक्त प्रोजेक्ट नगर्ने बताइएको छ। उनले मार्भल स्टुडियोको हलिउड फिल्म डक्टर स्ट्रेन्जमा अभिनय समेत गरेकी छिन्। निर्माता रहने रोहित अधिकारीले दिएको जानकारी अनुसार फिल्म युनिट छायांकनका लागि यहिं भदौको अन्तिमबाट फ्लोरमा निस्कनेछ। उनका अनुसार फिल्मको छायांकन पोखरा, मनाङ, मुस्ताङ जोमसोन र लन्डनमा हुनेछ। रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मसको ब्यानरमा फिल्म बन्ने फिल्ममा कथा तथा निर्देशन हेमराज बिसीको रहनेछ।



फिल्म युनिटले प्रिप्रोडक्शनको काम सकेर रिलिज डेट समेत टार्गेट गरेको छ। फिल्मलाई २०७४ फागुन २ गर्ने सार्वजनिक गर्ने जनाइएको छ। लभस्टोरी जानराको फिल्मका लागि रोहित अधिकारी साथै रुपक थापा र दीपक खतिवडाको पनि लगानी रहनेछ। फिल्मका लागि अन्य कलाकारहरु भने तय भएका छैनन्।

यसअघि रोहित फिल्मसको ब्यानरमा बनेको फिल्म गाजलुले बक्सअफिसमा राम्रो रेकर्ड बनाएको थियो। उक्त फिल्मलाई पनि हेमराज बिसीले नै निर्देशन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell