PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस

प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं: राजधानीमा नेपाल प्रहरीका महानगरीय प्रहरी परिसर र अपराध महाशाखा छन्। कुनै काम लिएर यी कार्यालयमा पुग्नु भयो अनि अकस्मात पानी पर्यो, तपाईलाई ओत लाग्नै समस्या हुन्छ। त्यहाँ कार्यरत प्रहरी कर्मचारी पनि पानी चुहिन्छ भनेर पालतिर हेरेर बस्नुपर्ने हुन्छ।

राजधानीका प्रहरी कार्यालय सुकुम्वासी बस्ती झै देखिन्छन्। अझ दुर दराजका प्रहरी कार्यालयको अवस्था कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पपछि हनुमानढोकाबाट विस्थापित भएर टेकुस्थित नेशनल ट्रेडिङको कार्यालयमा यी दुई कार्यालयले जेनतेन काम गरिरहेका छन्।  

कार्यालय प्रमुख भएर आएका पनि कार्यालय सुधारका लागि तालुकदार निकायमा खबर त गर्छन्। तर, पालबाट भवन बनाउने पहल भएन।

डिआइजी छविलाल जोशी भन्छन्, 'म आएदेखि नै विभिन्न सम्बन्धित निकायमा पहल गरे। तर, म जाने बेला भयो अवस्था उस्तै छ।'

अव्यवस्थित टहरामा काम गर्दा प्रहरीको कार्यकुशलतामा ह्रास आउने डिआइजी जोशी बताउँछन्। 'फोकस गर्नुपर्ने कुरा अन्तै हुन्छ, तर बासका लागि फोकस गरिरहनुपरेको छ,' उनले थपे, 'प्रहरीमा काम गर्ने ठाउँले पनि कति अनुशासित छ भन्ने दर्शाउँछ तर काम देखाउन अवस्था यहाँ छैन।'

परिसरमा कार्यरत ४ सय प्रहरीले अहिले थुनुवाको जस्तै दैनिकी बिताइरहेका छन्। सबै साँघुरो र पानी छिर्ने टिनका जस्तामुनि सुत्नु परेको छ। परिसरमा कार्यरत एक प्रहरी जवान भन्छन्, 'एकदमै समस्या छ। गर्मीमा टिन तातेर बस्न सकिँदैन वर्षामा पानी छिरेर।'

 

चार सय प्रहरीलाई दुईटा शौचालय

परिसरमा लगभग ४ सय प्रहरी कार्यरत छन्। ४ सय प्रहरीका लागि दुईटा मात्र शौचालय छ। शौचालय प्रयोगका लागि कहिले लाइनमा नै बस्नुपर्छ। मन लागेको बेला शौचालयसमेत प्रयोग गर्न पाइन्न।



ट्रेन्डिङ पोस्ट

Ncell