PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बुटवलको सडक विस्तार रोक्न दायर गरेको रिट उच्च अदालतद्वारा खारेज, अब निर्माण अघि बढ्ने



पहिलोपोस्ट

बुटवलको सडक विस्तार रोक्न दायर गरेको रिट उच्च अदालतद्वारा खारेज, अब निर्माण अघि बढ्ने

  • चन्द्रकान्त खनाल
बुटवलः बुटवलको मुख्य सडकलाई ६ लेन बनाउन लागिएकोविरुद्ध अन्तरिम आदेश माग गर्दै उच्च अदालत तुलसीपुरमा दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र नरवहादुर शाहीको इजलासलसो अन्तरिम आदेश गर्न नपर्ने आदेश सोमवार दिएको हो।

उच्च अदालतमा केही घरधनीले सडम विस्तार रोक्न माग गर्दै मुद्दा दर्ता गरेका थिए। आदलतको आदेशसँगै अब सडक विस्तार कार्य तत्काल रोक्न नपर्ने भएको छ।

 बुटवलको सडक ४ लेनको सडक विस्तार गरी ६ लेनको बनाउन लागेपछि व्यापारिक मार्ग आयोजनाले सडकको क्षेत्राधिकारभित्र पर्ने घर टहराहरु हटाउन सूचना जारी गरेसँगै त्यसलाई रोक्न सडक विस्तारको विषय अदालतसम्म पुगेको थियो।  

आयोजनाले बुटवल बजार क्षेत्रको मुल सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने घरटहरा हटाउन भदौ ५ गतेसम्मको अल्टिमेटम दिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell