PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चन्दाको गीतमा रम्दै एलिसा



पहिलोपोस्ट

चन्दाको गीतमा रम्दै एलिसा

काठमाडौं : गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा चर्चित नायिका एवं मोडल एलिसा राईले आकर्षक नृत्य–अभिनय गरेकी छिन्। एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन्।

गीतको भिडियोको छायांकन मनोरमस्थल नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो। भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ।

सचिन सिंहद्वारा संगीतबद्ध गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन्। सुदीप बरालले छायांकन उक्त भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ।

म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

गीतको म्युजिक भिडियोलाई केन्द्रबिन्दु टिभीले युट्युवमार्फत सार्वजनिक गरेको हो।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell