PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रवासमा प्रकाशित प्रवासमै विमोचित 'प्रवासका जूनहरु'



पहिलोपोस्ट

प्रवासमा प्रकाशित प्रवासमै विमोचित 'प्रवासका जूनहरु'

महेश्वर शर्माको पहिलो कविता संग्रह 'प्रवासका जूनहरु' को विमोचन भएको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको प्रमुख आतिथ्यबिच कार्यक्रम आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो। उक्त कृती अस्ट्रेलियामै प्रकाशन गरिएको हो।



अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एन एस डब्ल्यु अस्ट्रेलियाका महासचिब रहेका महेश्वर शर्माको पुस्तक हर्स्ट भिलको सिभिक थिएटरमा विमोचन गरिएको हो। कविको आमा बुवाले लोकार्पण गरेको कृतिमाथि साहित्यकार केदार पोख्रेललले समिक्षा गरे। भने,'यो संग्रह विदेशमा रहेका नेपाली युवाहरुको लागि सकारात्मक संदेश हो।' त्यस्तै अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले कवि शर्मा जस्ता कविहरुले भोलीका दिनमा नेपाली साहित्यलाई प्रवासमा जोगाईराख्न महत्वपूर्ण भूमिका खेल्ने तर्क राखे।

संचारकर्मी राम न्यौपानेद्वारा संचालित उक्त कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्रिको व्यवस्था समेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell