PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग



रासस

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग

काठमाडौँ : नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। 

संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाएका छन्। 

महासचिव कार्कीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई स्तरीय, गुणस्तरयुक्त र सर्वसाधारण जनताको पहुँचमा पुर्याउन भन्दै पटक पटक सम्झौता गरी त्यसको मसी सुक्न नपाउँदै उल्लङ्घन गरिएको बताए।

उनले भने,‘सरकारको यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथि नै धब्बा लाग्न पुगेको नेपाल चिकित्सक संघको ठहर छ।’ त्रिवि कार्यकारी परिषद्ले शुक्रबार प्रस्तावित नेशनल मेडिकल कलेजलाई सम्बन्धन पत्र दिएको थियो।

प्रा डा केसीले ११ पटक अनशन बसी १० वर्षभित्र काठमाडौँ उपत्यकामा निजी मेडिकल कलेज खोल्न नपाउने भनी राखेको मागमा सरकारले समर्थन गर्दै सम्झौता भएको छ।

गत मंगलबार मात्रै २३ दिने अनशन स्थगन गरेका केसीले सम्बन्धन खारेज नभए १२औँ अनशन बस्न बाध्य हुने बताइसकेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell