PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पशुपतिशमशेरको पक्षमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

पशुपतिशमशेरको पक्षमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी


काठमाडौँ : सर्वोच्च अदालतले राप्रपा टुक्राएर नयाँ राप्रपा (प्रजातान्त्रिक) दल दर्ता गर्ने क्रममा निर्वाचन आयोगले पुनः सनाखतका लागि गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। 

आवश्यक केन्द्रीय सदस्य संख्या नपुगेर आपत परेको प्रस्तावित दलका अध्यक्ष पशुपतिशमशेर राणालाई सर्वोच्चको यो आदेशले राहत दिएको छ। 
यसअघि निर्वाचन आयोगले भदौ ४ गते केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि उपस्थित हुन सूचना जारी गरेको थियो। तर त्यसअगावै राणाले सर्वोच्चमा रिट दायर गरेका थिए। आयोगको सूचना अनुसार कोही पनि उपस्थित नभएको भनी हिजो आयोगले विज्ञप्ति जारी गरेको थियो। 

सर्वोच्चले दल दर्तासम्बन्धी कागजातसहितको रजिस्टर फाइल निर्वाचन आयोगबाट र यसैसँग सम्बन्धित निर्णयका माइन्युट र सम्बन्धित कागजातहरु निवेदकबाट माग समेत गरेको छ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell