PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अब एक लाखभन्दा बढी रकम जम्मा गर्न जाँदा मात्र स्रोत र परिचय पत्र खोजिने



अब एक लाखभन्दा बढी रकम जम्मा गर्न जाँदा मात्र स्रोत र परिचय पत्र खोजिने

काठमाडौं : एक रुपैयाँ जम्मा गर्न जाँदासमेत बैंकले स्रोत र परिचय खोज्न थालेपछि राष्ट्र बैंकले त्यसलाई खुकुलो बनाइ दिएको छ। 
 
राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै अब एक लाख रुपैयाँभन्दा माथि जम्मा गर्न जाँदा मात्र स्रोत र परिचय पत्र खोजिने ब्यवस्था गरेको हो। एक रुपैयाँ जम्मा गर्न जाँदासमेत स्रोत खोजिन थालेपछि अर्थमन्त्रालयले सीमा बढाउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो। 
 
नेपाल राष्ट्र बैंकले सम्पति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई रोक्न भन्दै 'एक रुपैयाँ' जम्मा गर्दासमेत परिचय खुल्ने कागजपत्र अनिवार्य गरेको थियो। नयाँ व्यवस्थाले सर्वसाधारण ग्राहकहरु मर्कामा परेपछि त्यसलाई केही सहज पार्दै एक लाख रुपैयाँ पुर्‍याइएको हो। 
 
अर्थले एक लाख रुपैयाँभन्दा कमको निक्षेप कारोबारमा स्रोत र परिचय नखोज्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई भनेको थियो। आतङ्कवादी आर्थिक कृयाकलाप रोक्न भन्दै राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले बैंकहरुमा सानो सानो रकमको स्रोतसमेत खोज्दा ग्राहक मर्कामा परेका थिए। यसले गर्दा बैंकिङ कारोबार गर्न सर्वसाधारण हच्किन थालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell